Logo

शुक्रबार प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला ८९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला ८८ हजार २ सय रुपैयाँमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १ हजार ३ सय ५ रुपैइाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्