Logo

लगानीकर्ता झुक्किदा डिवेञ्चर र म्युचुअल फण्ड बिक्री बढ्यो, आइपीओ भन्दै आवेदन दिने क्रम बढ्दो

लगानीकर्ता झुक्किदा डिवेञ्चर र म्युचुअल फण्ड बिक्री बढ्यो, आइपीओ भन्दै आवेदन दिने क्रम बढ्दो



काठमाडौं । सेयर बजारका लगानीकर्ता झुकिक्दा बैंक तथा वित्तीय संस्थाले जारी गरेका धितोपत्र बिक्री हुने क्रम बढेको छ । लगानीकर्ताले मेरो सेयरको माई आस्वा अन्तरगत आवेदन खुला गरिएको खुलामुखी म्युचुअल फण्ड, डिबेञ्चर तथा सर्वसाधारणका लागि जारी गरिएका प्राथमिक सेयर (आइपीओ) सबै धितोपत्रलाई आईपीओलाई भन्दै आवेदन दिने क्रम बढेको हो ।

विशेषगरी प्राथमिक सेयर (आइपीओ) का लागि आवेदन दिने लगानीकर्ताले डिवेञ्चर र खुलामुखी म्युचुअल फण्डलाई समेत सम्बन्धित कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भन्दै आवेदन दिने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘अहिले बजारमा धेरैजसो लगानीकर्ताले कम्पनीले आइपीओ जारी नगरेको समयमा पनि मैले त आईपीओ भरेर वा कति कित्ता भरौं भन्दै सोध्नुहुन्छ,’ एक लगानीकर्ताले भने, ‘अहिले कुन कम्पनीको आईपीओ खुलेको छ र भनेर सोध्दा माई आस्वामा बिक्री खुला भईरहेको डिवेञ्चर र खुलामुखी म्युचुअल फण्डको नाम लिनुहुन्छ ।’ साथै लगानीकर्तालाई आईपीओ र डिवेञ्चर तथा म्युचुअल फण्डको वारेमा बुझाएपछि मात्रै आफुले झुक्किएर भनेको बताउँछन् ।

विशेषगरी पछिल्लो समय आईपीओका लागि भन्दै खाता खोलेर सेयर आवेदन दिने लगानीकर्ताले म्युचुअल फण्ड र डिबेञ्चरमा झुक्किएर आवेदन दिने क्रम बढेको छ । जसका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बजारमा ल्याएका डिबेञ्चर तथा म्युचुअल फण्ड बिक्री हुने क्रम बढेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सेयर शिक्षा सम्बन्धी अभावका अकारण लगानीकर्ताले आईपीओ तथा डिबेञ्चर र म्युचुअल फण्डका वारेमा छुट्याउन नसक्दा समस्या उत्पन्न भएको हो ।

पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकलाई आफ्नो कोर क्यापिटलको न्यूनतम २५ प्रतिशत डिवेञ्चर जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । सुरुवाती चरणमा बैंकले जारी गरेको डिबेञ्चरमा आवेदन दिने क्रम एकदमै न्यून रहेपनि पछिल्लो समय लगानीकर्ताहरु झुक्किएर आवेदन दिने क्रम बढेपछि त्यस्ता डिवेञ्चरको बिक्री बढेको छ ।

साथै कतिपय लगानीकर्तामा ज्ञान नहुँदा खुलामुखी म्युचुअल फण्डमा समेत आईपीओ भन्दै ऋण खोजेरै भएपनि आवेदन दिने गरेको र पछि त्यस्ता ईकाई बिक्रीमा झण्झट हुँदा पछुताउने गरेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL