काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्तिको ताज केही समयपछि आफ्नो पद छाड्ने घोषणा गरेका अमेजनका सीईओ जेफ बेजोसले पुनः प्राप्त गरेका छन् ।
टेस्लाका मालिक एलन मस्कलाई पछाडि पार्दै बेजोस फेरी विश्वका धनाढ्य व्यक्तिको सूचीको पहिलो नम्बरमा आइपुगेका हुन् ।
फोर्ब्सको फेब्रुअरी १६ को रिपोर्ट अनुसार बेजोसको कुल सम्पत्ति १९० अर्ब तीन सय करोड डलर रहेको छ । यस्तै सोही अवधिमा मस्कको कुल सम्पत्ति भने १७३ अर्ब चार सय करोड अमेरिकी डलर छ ।
गत महिना विद्युतीय कार निर्माता टेस्लाका मालिक तथा सीईओ मस्कले बेजोसलाई पछि पार्दै विश्व धनाढ्यको सूचीमा आफूलाई पहिलो पटक उभ्याएका थिए ।