Logo

सुनको मूल्य घट्दो क्रममा, आज पनि प्रतितोला ६ सयले घट्यो

सुनको मूल्य घट्दो क्रममा, आज पनि प्रतितोला ६ सयले घट्यो



काठमाडौं । लगातार घट्दो क्रममा रहेको सुनको मूल्य नेपाली बजारमा बिहीबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ११ सय रुपैयााले घटेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL