Logo

कोरोनाको कूल खोपमध्ये ७५ प्रतिशत १० देशको कब्जामा, खोपको असमान वितरणप्रति राष्ट्रसंघका प्रमुखको आक्रोश

कोरोनाको कूल खोपमध्ये ७५ प्रतिशत १० देशको कब्जामा, खोपको असमान वितरणप्रति राष्ट्रसंघका प्रमुखको आक्रोश



काठमाडौं। कोरोनाविरुद्धको खोपको असमान वितरणप्रति संयुक्त राष्ट्र संघले असन्तुष्टि जनाएको छ ।

राष्ट्र संघको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा राष्ट्र संघका प्रमुख एन्टोनियो गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै कडा आलोचना गरेका हुन् ।

विश्वमा उत्पादन भएको कोरोनाको कूल खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जामा रहेको उनको दाबी छ । यद्यपी उनले ती देश कुन-कुन हुन भन्ने कुरा सम्बोधनमा खुलाएनन् । कोरोनाको महामारीका कारण विश्व आक्रान्त बनेको यो अवस्थामा समेत खोप वितरणमा असमानता हुनु दुखद भएको बताए ।

जी–२० मा आबद्ध ठूलो अर्थतन्त्र भएका देशले इमरजेन्सी टास्क फोर्स गठन गर्न आवश्यक रहेको बताउँदै गुट्रेसले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक तथा खोप उत्पादक कम्पनीलाई आह्वान गरेका छन् ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL