Logo

फागुन २३ देखि ६० वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने सरकारको निर्णय

फागुन २३ देखि ६० वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने सरकारको निर्णय



काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ ।

नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL