Logo

तरल राजनीतिमा आयल निगमको मनपरी, कर्मचारीलाई बोनस तर उपभोक्तालाई हप्तामै दुईपटक मूल्यवृद्धि

तरल राजनीतिमा आयल निगमको मनपरी, कर्मचारीलाई बोनस तर उपभोक्तालाई हप्तामै दुईपटक मूल्यवृद्धि



काठमाडौं । तरल राजनीतिको फाइदा उठाउँदै नेपाल आयल निगमले नियम विपरित पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै जनतामाथि आर्थिक भार थुपारेको छ । स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा तेलको मूल्य समायोजना गर्नुपर्ने भएपनि हाल निगमले तरल राजनीतिको फाइदा उठाउँदै घाटा भएको भन्दै हप्ताकै दुईपटक मूल्यवृद्धि गरेको छ ।

संस्था उच्च घाटामा गएको भन्दै माघ २८ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले एकसात भित्रै फागुन ४ गते पुनः मूल्य बढाएको छ । अग्रेजी महिनाअनुसार प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो समय आफुअनुकुल मूल्य वृद्धि गर्दै आएको थियो । तर, निगमले लकडाउनको समय अन्तरािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य न्यूत विन्दुमा आईपुग्दा पनि ४ महिनासम्म मूल्य समायोजन नगरी उच्च नाफा कमाएको थियो । तर अहिले भने घाटामा गएको भन्दै हप्तामै दुई पटक मूल्यवृद्धि गरेको छ ।

पछिल्लो समय निगमले कर्मचारीलाई बोनस वितरण गर्ने, आफु नजिकका व्यक्तिलाई विभिन्न परियोजनाको नाममा ठूला रकमको काम विना टेण्डर दिने अनि निगम घाटाको गयो भन्दै कोरोनाको समयमा मूल्य वृद्धि गरेर उपभोक्ता माथि आर्थिक भार थुपार्ने काम गरेको सम्बद्ध सरोकारवालाहरुले बताउँछन् । ‘निगम घाटामा गएको वित्तीय विवरण सार्वजनिक गर्ने निगमले केही समयअघि मात्रै उच्च नाफा रहेको भन्दै कर्मचारीलाई बोनस वितरण गरेको थियो,’ सम्बद्ध स्रोतले भन्यो, ‘त्यतिमात्रै नभएर निगमका प्रबन्ध निर्देशनले आफु नजिकका व्यक्तिलाई विभिन्नि खोज अनुसन्धानका नाममा आफुखुशी करोडौं रकम बाँडेका छन् ।’्

पछिल्लो समय निगम व्यवस्थापनले विभिन्न बहानामा स्रोतको दुरुपयोग गर्दै अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको हवला दिँदै उपभोक्तामाथि भार थुपार्ने काम गरेको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘अहिले निगम जनताप्रति उत्तरदायी हुनुभन्दा पनि २÷४ जना सिमित व्यक्तिको स्वार्थ पुरा गर्ने नाममा जनता माथिनै आर्थिक भार थुपार्दै छन्,’ उनले भने, ‘अहिले निगमका प्रबन्ध निर्देशकले उदयपुर सिमेन्टमा केही सुधार गरेको भन्दै त्यसैलाई ब्राण्डिङ गरेर निगममा आएर ब्रम्हलुट गर्दैछन् ।’

कोरोनापछिको लकडाउनको समयमा तेलको मूल्यमा उच्च गिरावट आउदा ४ महिनासम्म मूल्य समायोजन नगरेको निगमले अहिले हप्ताकै दुई पटक मूल्य बढाउन थालेको उनले बताए । ‘लकडाउनको समयमा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएर सस्तो हुँदा हामीले पटक–पटक मूल्य समायोजन गर्न माग गर्दा निगमले व्यवस्थापनले ४ महिनामा १ पटक मूल्य समायोजन गर्यो,’ उनले भने, ‘तर अहिले निगमले भारतको दबाबमा मूल्य समायोजनको नाममा महिना दिनमै ३ पटक मूल्य बढाईसक्यो ।’

सामान्य नाफामा जाँदा कर्मचारीलाई बोनस वितरण गर्न हतार गरेको निगमले अहिले उच्च घाटा देखाउँदै मूल्य वृद्धि गरेर जनतामाथि भार थुपारिरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘पछिल्लो समय निगम व्यवस्थापनले पैसाको बलमा आफुमागथ हुने विरोधलाई रोक्दै गैरकानूनी काम गर्न थालेको छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘अहिले निगम माफियाको जड भएको छ भने नेतृत्व भ्रष्टाचारमा लिप्त हुँदा जनताले आर्थिक भार खेप्नु परेको छ ।’

पछिल्लो समय निगम उपभोक्तालाई सरल र सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनुभन्दा पनि माफियासँग मिलेर जनतामाथि आर्थिक भार थुपार्न केन्द्रित हुन थालेको छ । निगमले तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काको समयमा तेल भण्डारणका लागि देशका विभिन्न स्थानमा जग्गा खरिद गरेको थियो । तर, निगम व्यवस्थापन पूर्वाधार निर्माण गरेर अन्तरराष्ट्रिय बजारमा सस्तो हुँदा खरिद गरी भण्डारण गरेर उपभोक्तालाई सस्तोमा उपलब्ध गराउनुको सट्टा २÷४ जनाको गुलामी गरेर उपभोक्तालाई ठग्न लिप्त भएको छ । अहिले भारतमा मूल्य र नेपालमा सस्तो हुँदा भारततर्फ तस्करी बढ्यो भन्दै भारतकै दबाबमा मूल्य बढाएको छ,’ तिमल्सिानले भने, ‘भारतको दबाबमा मूल्य बढाएर नेपाली उपभोक्तामाथि आर्थिक भार थुपार्ने कि तस्करी रोक्ने ?’

प्रतिक्रिया दिनुहोस्
MBL