Logo

आज एकैदिन प्रतितोला ११ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन प्रतितोला ११ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL