Logo

महासंघका उपाध्यक्ष संघईंलाई मातृशोक, त्रिवेणी ग्रूपका संस्थापक त्रिवेणीदेवीको निधन

महासंघका उपाध्यक्ष संघईंलाई मातृशोक, त्रिवेणी ग्रूपका संस्थापक त्रिवेणीदेवीको निधन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईंलाई मातृशोक परेको छ । महासंघका एशोसिएट्तर्फका उपाध्यक्ष रामचन्द्र संघईंका आमा त्रिवेणीदेवी संघईँको आज (मंगलबार) आफ्नै निवासमा निधन भएको हो ।

त्रिवेणी ग्रूपका संस्थापक त्रिवेणीदेवी संघईंको ९३ बर्षको उमेरमा आज आफ्नै निवासमा साढे ३ बजे निधन भएको उनका छोरा रामचन्द्र संघईंले जानकारी दिए । स्वर्गीय संघईंको ५ छोरा र २ छोरी छन् ।

स्वर्गीय संघईंको जेठा छोरो पुरुषोतमलाल संघईं त्रिवेणी ग्रूपका अध्यक्ष छन् । यसैगरी माईला छोरा सुवाशचन्द्र संघईं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य छन भने, साईला छोरा विरेन्द्र संघई, काईला छोरा रामचन्द्र संघईं महासंघका उपाध्यक्ष हुन भने काछा छोरा गोविन्दलाल छोरा नेपाल लाईफ इन्स्योरेन्सका अध्यक्ष हुन् । यसैगरी दुई छोरीहरुमा सन्तोषीदेवी पन्सारी र विमलादेवी टिर्वेवाला हुन् ।

स्वर्गीय त्रिवेणीदेवी संघईंको भोली (बुधबार) पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ । बुधबार ११ बजे पशुपतिमा अन्तिम दाहसंस्कार गरिने रामचन्द्र संघईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्