Logo

काठमाडौं महानगरपालिकाको अभियान, काठमाडौंमा बस्ने सबैको ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण

काठमाडौं महानगरपालिकाको अभियान, काठमाडौंमा बस्ने सबैको ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबास गर्ने सबैको निःशुल्क मिर्गौला जाँच अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔं अभियानको संयुक्त प्रयासमा अभियान चलाउन लागिएको महानगरले जनाएको छ । अभियान फागुन ५ गतेदेखि ६ महिनासम्म चल्नेछ ।

अभियानअन्तर्गत महानगरमा बसोबास गर्नेले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाब परीक्षण गराएर मिर्गौलाको जाँच गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL