Logo

ट्रेडमार्क चोरी बढेसँगै बजारमा नक्कली सामानको बिगबिगी, नियामक मुकदर्शक बन्दा उपभोक्ता मारमा

ट्रेडमार्क चोरी बढेसँगै बजारमा नक्कली सामानको बिगबिगी, नियामक मुकदर्शक बन्दा उपभोक्ता मारमा



काठमाडौं । कमजोर कानून र अनुगमनका कारण नेपाली बजारमा नक्कली सामानको बिगबिगी बढेको छ । जसका कारण उपभोक्ताले गुणस्तरहीन सामग्री महँगो मूल्य तिरेर खरिद गर्न बाध्य हुँदै आएका छन् । नक्कली सामान नटिक्ने भएका कारण एकातिर उपभोक्ता आर्थिक मारमा पर्दै आएका छन् भने अर्कोतर्फ गुणस्तरहीन खाध सामग्रीका कारण उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम बढ्दो छ ।

पछिल्लो समय नेपालमा नक्कलीले सामानले बजार ढाकिरहेको तथ्य उद्योग विभागमा पछिल्लो ६ महिनामा परेको ट्रेडमार्क, डिजाइन र प्याटेन्ट चोरीविरुद्धको उजुरीले पनि पुष्टि गर्छ । विभागका अनुसार ६ महिनाको अवधिमा नक्कली उत्पादनका २४८ उजुरी दर्ता भएका छन् । पछिल्लो समय नेपालमा एक कम्पनीको ट्रेडमार्क, डिजाइन र प्याटेन्ट (बौद्धिक सम्पत्ति) अर्को कम्पनीले नक्कल गर्ने प्रवृत्ति बढ्दो छ ।

सोहीअनुसार चालु आवको गत साउनदेखि माघ महिनासम्म वौद्धिक सम्पत्ती चोरीविरुद्धका २ सय ४८ उजुरी उद्योग विभागमा आएका हुन् । औद्योगिक वौद्धिक सम्पत्ति चोरीसम्बन्धी विवादको टुङ्गो लगाउने जिम्मा उद्योग विभागले पाएको छ । सोहीअनुसार विभागमा गत आर्थिक वर्ष र चालू आवको हालसम्म ७ सय ८८ ओटा उजुरी परेका छन् । जसमध्ये २ सय ४८ उजुरी भने चालु आवकै हुन् ।

विभागले गत आर्थिक बर्ष आएका उजुरीमध्ये ३६ ओटा उजुरीको मुद्दा फछर्यौट गरेको छ । यस्तै विभागले चालु आवमा आवको ६ महिनामा भने विभिन्न ५६ ओटा मुद्धा फछर्यौट गरिसकेको विभागमा सू्चना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय विश्वका चर्चित ठूला ब्राण्डहरुको नक्कली सामानसमेत बजारमा पाइएको भन्ने उजुरी विभागमा आएका छन् । जसमा विश्वचर्चित ब्राण्ड कोकाकोला, पेप्सी, कुरकुरे, युनिलिभरलगायतका कम्पनीहरुले पनि आफ्नो प्याटेन्ट, डिजाइन र ट्रेडमार्क चोरी भएको भन्दै विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार विभागले यस्ता उजुरीहरु लिएर छानविन पछि फैसला गरिदिने गर्दछ । तर, उजुरीकर्तालाई विभागको फैसला चित्त नबुझेको अवस्थामा सर्वोच्च अदालतमा उजुरी गर्न सकिने व्यवस्था पनि रहेको छ। पछिल्लो समय विश्वप्रशिद्ध ब्राण्डदेखि नेपाली ब्राण्डहरुको पनि बौद्धिक सम्पत्तीको चोरीविरुद्धका उजुरी बढेको विभागका प्रवक्ता पराजुली बताउँछन् ।

नेपालकै मदिराजन्य उद्योग, खाद्य उद्योगलगायत आफ्ना उत्पादनको हुबहु नक्कलको शिकार बनिरहेका छन् । कम्पनीको लोगो, डिजाईन र प्याटेन्ट पनि हुबहु चोरेर बस्तु उत्पादन विक्रीवितरण गर्दा सक्कली बस्तुहरु छायाँमा पर्नेगरेको व्यवसायीहरु बताउँछन् । बजारमा गएको सामान नक्कली या सक्कली छुट्याउनै गाह्रो हुनेगरी पनि बौद्धिक सम्पत्तीको चोरी हुने गरेको एक व्यवसायीले बताए । उनका अनुसार नेपालमा औद्योगिक वौद्धिक सम्पत्तिको कानुन पुरानै हुँदापनि यस्तो अपराधमा संलग्नहरुले प्रश्रय पाईरहेका छन् ।

नेपालमा हाल औद्योगिक सम्पत्ति संरक्षणका लागि विसं २०२२ मा बनेको प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन कार्यान्वयनमा छ । यो ऐन धेरै पुरानो भएको र हाल औधोगिक उत्पादनको दायरा धेरै फराकिलो हुादा धेरै कुराहरु नसमेटिएका कारण सरकारले नयाँ कानूनको निर्माण गरिरहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार पुरानो कानूनलाई प्रत्श्थिापन गर्नेगरी नयाँ ऐन बनाउन लागिएको छ । हाल निर्माणकै चरणमा रहेको उक्त कानूनको खाका उद्योग विभाग, मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL