Logo

प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको भाउ, यस्तो छ आजको बजारमूल्य

प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको भाउ, यस्तो छ आजको बजारमूल्य



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आईतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला ९० हजार ७ सयमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार आईतबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्