Logo

नेपालमा भाजपा बिस्तार गरेर आफ्नो सरकार बनाउने योजनामा मोदी, मोदीका विश्वासपात्र भारतीय गृहमन्त्री शाहले खोले रहस्य

नेपालमा भाजपा बिस्तार गरेर आफ्नो सरकार बनाउने योजनामा मोदी, मोदीका विश्वासपात्र भारतीय गृहमन्त्री शाहले खोले रहस्य



काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेपालमासमेत बिस्तार गरेर आफ्नो सरकार बनाउने योजनामा रहेको खुलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र मानिएका भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपालमा भाजपाको सरकार बनाउने बताएका छन् ।

भारतीय सञ्चार माध्यम ‘द वायर डटकम’ मा प्रकाशित समाचारअनुसार त्रिपुराका मुख्यमन्त्री बिल्वब कुमार देबको भनाई उद्धृत गर्दै शाहले नेपालमा भाजपाको सरकार बनाउने विषयमा योजना बनाइरहेको उल्लेख छ।

समाचारअनुसार मुख्यमन्त्री देबले भनेका छन्, ‘अमित शाहले शनिवार रबींद्र सताबीरिकी भवनमा एक पार्टी कार्यक्रमका क्रममा छिमेकी श्रीलंका र नेपालमा बीजेपी सरकार स्थापित गर्ने योजना बनाएका छन् ।’

देबले भनेका छन्, ‘त्रिपुरा यात्राका क्रममा शाहले एक पार्टी कार्यक्रम भनेका छने, ‘भारतका अधिकांश राज्यमा जितपछि छिमेकी देशमा पार्टी स्थापना गर्ने योजना बनाइरहेका छौं।’

देबले भने, ‘भाजापाका उत्तरपूर्वी जोनल सचिब अजय जम्वालले भाजापाले भारतका कैयौं राज्यमा सरकार बनाएको भनेपछि शाहले अब श्रीलंका र नेपाल बाँकी रहेको र हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्ने र त्यसका लागि त्यहाँ जित्नुपर्ने भनेका थिए।’

स्मरण रहोस नेपालमा अहिले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ। र वैशाख १७ र २७ मा चुनाव हुँदैछ। उता सर्वोच्च अदालतमा पनि यो विषयमा बहस जारी छ। यस्तो बेला छिमेकी भारतका सत्तारुढ दलका पूर्व अध्यक्ष तथा केन्द्रीय गृहमन्त्रीको यस्तो विवादास्पद भनाई सार्वजनिक उनकै पार्टीका नेताले गरेका हुन्। अमित शाह भारतीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री नरेन्द्र मोदीपछि दोस्रो वरियताका मन्त्री हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL