Logo

मौद्रिक नीतिको मध्यावधि समीक्षा : सीआरआर र एसएलआर यथावत, १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई विशेष पुनर्कर्जा

मौद्रिक नीतिको मध्यावधि समीक्षा : सीआरआर र एसएलआर यथावत, १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई विशेष पुनर्कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय औजारहरुलाई यथावत राखेको छ । राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७७÷७८ को मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई यथावत् राखेको हो ।

तर, कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिको समयमा यी दरहरूमा गरिएको समायोजनलाई आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै पुनरावलोकन गर्ने व्यवस्था गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

साथै मध्यावधि समिक्षामार्फत १० मेगावाटभन्दा कम क्षमताका साना जलविद्युत आयोजनलाई विशेष पुनर्कर्जामा पहुँच पुर्याइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL