Logo

बालुवाटार जग्गा हिनामिना प्रकरणमा माधव नेपालमाथि संकट बढ्यो, नेपालविरुद्धको मुद्दामा सर्वोच्चले तोक्यो पेशी

बालुवाटार जग्गा हिनामिना प्रकरणमा माधव नेपालमाथि संकट बढ्यो, नेपालविरुद्धको मुद्दामा सर्वोच्चले तोक्यो पेशी



काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा पेशी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि पनि सोही इजलासमा परेको उक्त मुद्दामा हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्