Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ८ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सयले घटेर ९० हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL