Logo

आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोनाको खोप, पहिलो चरणमा छुटेकालाई पनि अवसर

आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोनाको खोप, पहिलो चरणमा छुटेकालाई पनि अवसर



काठमाडौं । कोरोना खोप आजदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिलाई लगाउन सुरु गरिने भएको छ । सरकारले कोरोना खोप सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई उपलब्ध गराउनेछ ।

फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो ।

खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने छ । माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको नेपाल सरकारले नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको यो कोभिशिल्ड खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL