Logo

टिम टेनिस नेपालले पहिलोपटक जुनियर प्रिमियर टेनिस प्रतियोगिता आयोजना गर्ने, प्रतियोगिता फागुन २ गतेबाट

टिम टेनिस नेपालले पहिलोपटक जुनियर प्रिमियर टेनिस प्रतियोगिता आयोजना गर्ने, प्रतियोगिता फागुन २ गतेबाट



काठमाडौं । जुनियर टेनिस खेलाडीका अभिभावकहरु मिलेर खोलिएको संस्था टिम टेनिस नेपालले पहिलोपटक जुनियर प्रिमियर टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ।

टिम टेनिसले आयोजना गर्ने यस प्रतियोगिता फागुन २ गतेबाट ७ गतेसम्म यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समुहमा प्रतिस्पर्धा हुनेछ।

यु–९ समुहमा ब्वाइज र गर्ल्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ। यस् उमेर समुहमा डबल्स प्रतिस्पर्धा नेपालमै पहिलोपटक हुन् लागेको हो। बाँकी उमेर समुहको भने ब्वाइज र गर्ल्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

यस्तै प्रतियोगितामा सहभागी जनाएकाहरुको डबल्स स्पर्धामा खुल्ला प्रतिस्पर्धा पनि हुनेछ। प्रतियोगिता टिम टेनिसकै धापाखेलमा रहेको टेनिस कोर्टमा हुनेछ। प्रतियोगितामा १२९ जनाको सहभागिता रहने आयोजक समितिले अनुमान गरेको छ।

यु–८ र यु–९ समुहका खेलाडीले ‘इन्ट्रि फि’को रुपमा रु ५०० र बाँकी समुहका खेलाडीले ‘इन्ट्रि फि’को रुपमा रु १००० आयोजक समितिलाई बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL