Logo

आज र भोलि काठमाडौंका यी स्थानमा बिद्युत सेवा बन्द हुने, यस्तो कारण

आज र भोलि काठमाडौंका यी स्थानमा बिद्युत सेवा बन्द हुने, यस्तो कारण



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारी दिँदै फागुन १ र २ गते विभिन्न स्थानमा विद्युत केहि समयका लागि अवरुद्ध हुने बताएको छ ।

सडक विस्तारको कार्य भइरहेको विभिन्न स्थानमा बिद्युतीय संरचना पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बिद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको हो ।

फागुन १ गते साँखु फिडरबाट प्रशारित गोकर्णेश्वर, बीपी चोकदेखि सुन्दरीजल, मेलम्ची दोबाटो, काठमाडौं उपत्यका खानेपानी प्रशोभन केन्द्र र सोही सडक खण्डको आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बिद्युत सेवा बन्द हुनेछ ।

त्यही दिन कोटेश्वर फिडरबाट वितरण गरिएकामध्ये जडिबुटी र नरेफाँट क्षेत्रमा दिउँसो साढे १ देखि साढे २ बजेसम्म विद्युत सेवा बन्द हुनेछ ।

यस्तै, फागुन २ गते कपन फिडरबाट वितरितमध्ये भण्डारी गार्मेन्ट, नीलो पुल, ढलाने पुल, बुढानीलकण्ड नपरपालिका १० र आसपासका क्षेत्रमा दिउँसो ११ बजेदेखि साढे १ बजेसम्म बिद्यु्त सेवा बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL