Logo

सुनको मूल्य ६ सय रुपैयाँले ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६ सय रुपैयाँले ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो । तर आज पुनः घट्दै बजारमा सुन प्रतितोला ९० हजार ९ सयमा पुगेको हो ।

यस्तै नेपाली बजारमा चाँदीको मूल्य भने ५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्