Logo

कोरोनाको असर : ७५ प्रतिशत साना तथा घरेलू उद्योग पूर्णरुपमा बन्द, नाफामा ठूला उद्योग

कोरोनाको असर : ७५ प्रतिशत साना तथा घरेलू उद्योग पूर्णरुपमा बन्द, नाफामा ठूला उद्योग



काठमाडौं । घरेलू तगा साना उद्योगमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को सबैभन्दा बढी असर देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनअनुसार कोरोनाका कारण नेपालमा साना तथा घरेलू उद्योगमा सबैभन्दा बढी असर परेको देखिएको हो ।

उक्त सर्वेक्षणमा सहभागी गराईएका उद्योग व्यवसायका आधारमा १०.८१ प्रतिशत पूर्ण बन्द रहेको छन् भने ८९.१९ प्रतिशत उद्योग व्यवसायहरू आंशिक रूपमा संचालनमा रहेका छन् तर, पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या भने ७५ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ५४ प्रतिशत उद्योगहरूको ५० प्रतिशतले उत्पादन क्षमतामा हास आएको छ । त्यसैगरी ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशत सम्म उत्पादन गिरावट आएको छ भने अध्ययनमा सहभागीहरूमध्ये २३.५२ प्रतिशत लघु घरेलू उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाईएको छ ।

अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योग मध्य ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन् । त्यसै गरी ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाई हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको बताएका छन् । त्यसै गरी ८८।२४ प्रतिशत लघु तथा घरेलू उद्योगहरूले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका छन् ।

४.५ साना उद्योगका हकमा सहभागी उद्योग व्यवसायीहरूमध्ये ८७.५ प्रतिशत उद्योगहरूले उत्पादनमै प्रत्यक्ष असर परेको बताएका छन् भने ७५ प्रतिशत साना उद्योगहरूले उद्योगको लागी कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको प्रतिकया दिएका छन् । त्यसै गरी ८७.५ प्रतिशत उद्योगहरूले श्रमीकहरूको परिचालन र उत्पादनको वजारीकरणमा असर परेको बताएका छन् । ४.६ यस अध्ययनमा सहभागी मझौला उद्योगहरूमध्ये ५० प्रतिशतले कच्चा पदार्थ

प्राप्तिमा समस्या परेको, ७५ प्रतिशत उद्योगहरूले श्रमिक परिचालनमा समस्या परेको देखिएको छ । कोरोनाका कारण सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर परेको अध्ययनले देखाएको छ । ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारीकरण सबै क्षेत्रमा असर परेको पाईएको छ ।

यसैगरी कोरोनाका कारण साना तथा घरेलू उद्योग बन्द हुँदा ठूला उद्योगहरुले भने नाफा आर्जन गरेका छन् । मन्त्रालयले गरेको अध्ययन अनुसार सर्वेक्षणमा सहभागी मध्ये ६६.६७ उद्योगहरु नाफामा रहेका छन् । तर नाफामा रहेको साना तथा मझौला उद्योगको हिस्सा भने १६.२२ प्रतिशत रहेको छ ।

कोरोनाका कारण सबैभन्दा रोजगारी पनि लघु उद्योगमा कार्यरत श्रमिकले गुमाएका छन् । त्यसपछि क्रमशः साना, मझौला र ठूला उद्योगहरुमा रोजगारी गुमेको छ । सो अबधिमा महिलाको तुलनामा पुरुषहरुले उल्लेख्य संख्यामा रोजगारी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL