Logo

अबदेखि सरकारी अस्पतालमा मात्रै कोभिड संक्रमितको उपचार, निजी अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन निर्देशन

अबदेखि सरकारी अस्पतालमा मात्रै कोभिड संक्रमितको उपचार, निजी अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन निर्देशन



काठमाडौं । अब सरकारी अस्पतालबाट मात्रै कोभिड–१९ को उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बिरामीको उपचारलाई सरकारी अस्पतालबाट मात्रै निरन्तरता दिने जनाएको छ । स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दे मन्त्रालयले बुधबारको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउने जानकारी दिएको छ । यसअघि कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै सरकारले निजी मेडिकल अस्पतालहरुलाई शोधभर्नाबापतको रकम उपलब्ध गराउदै आएको थियो । तर, संक्रमितको संख्या घटेसँगै अब मेडिकल अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL