Logo

सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट, यस्तो छ आजको कारोबार मूल्य

सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट, यस्तो छ आजको कारोबार मूल्य



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै ९१ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनवेच भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्