नेपाल आयल निगमले आज ४ लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । निगमले निजी सवारीलाई लक्षित गर्दै पेट्रोल वितरण गनृ लागेको हो ।जसअनुसार ३१ देखि ५० नम्बर लटका मोटसाइकल तथा ६ देखि ८ नम्बर लटका कार तथा जीपलाई पेट्रोल वितरण गर्दैछ ।
यसका लागि ३ लाख ८७ हजारभन्दा बढी पेट्रोल पम्पहरुलाई दिइएको निगमले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा मात्र आज ६२ वटा पेट्रोल पम्पमार्फत पेट्रोल वितरण गनिे बताइएको छ ।
निगमले बिहीबार झण्डै ४ लाख लिटर पेट्रोल वितरण गरेको थियो । चीनबाट पेट्रोल आएपछि निगमको थानकोट डिपोमा तेलको मौज्दात बढेसँगै निजी सवारीलाई पनि पेट्रोल वितरण गरिएको हो । शनिबार ५१ देखि माथिका लटका मोटरसाइकल ८ नम्वर भन्दा माथिका लटका कारले पेट्रोल पाउनेछन् ।