Logo

आजदेखि पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य (मूल्यसहित)

आजदेखि पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य (मूल्यसहित)



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २र२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।

ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ । योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL