Logo

नेपाल लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, स्विकृतिका लागि बीमा समितिमा निर्णय पठाउने तयारी

नेपाल लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, स्विकृतिका लागि बीमा समितिमा निर्णय पठाउने तयारी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३ सय १५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ ।

विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL