Logo

नेपाल लाइफका सेयरधनीहरुले ५१ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

नेपाल लाइफका सेयरधनीहरुले ५१ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ५१ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको २० औं बार्षिक साधारण सभाले बुधबार सेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २० रुपैयाँ(कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३० दशमलव ०९ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएको बताए ।

अध्यक्ष गोविन्द लाल संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गरि प्रति सेयर अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सभाले समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL