Logo

राजश्व विभागको महानिर्देशकमा दिर्घराज मैनालीको नाम सिफारिस

राजश्व विभागको महानिर्देशकमा दिर्घराज मैनालीको नाम सिफारिस



काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली सिफारिस भएका छन् । अर्थ मन्त्रालयले राजश्व अनुसन्धान विभागमा महानिर्देशकको रुपमा रहेका उनलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा सिफारिस गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मैनालीलाई आन्तरिक राजस्वमा लैजान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिसको पत्र पठाएको स्रोतले जानकारी दिएको छ ।

उनि २०७५ सालदेखि राजश्व अनुसन्धान विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL