Logo

नवनियुक्त उपाध्यक्ष खतिवडाले पदभार सम्हाले,पून निर्माणलाई छिटो अगाडी बढाउन निर्देशन

नवनियुक्त उपाध्यक्ष खतिवडाले पदभार सम्हाले,पून निर्माणलाई छिटो अगाडी बढाउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष युवराज खतिवडाले बिहीवारदेखि पदभार सम्हालेका छन् । सो अवसरमा उनले आजको कठिन अवस्थामा राष्ट्रिय योजना आयोगको दायरा भित्र रहेर आर्थिक गतिविधीलाई सुचारु गर्ने पहिलो आवश्यकता भएको बताए ।

त्यस्तै तत्काल देखिएको उर्जा संकटको समाधानका लागि तत्कालिन र दिर्घकालिन रणनीति अघि बढाउनुपर्न धारणा व्यक्त गरे । उपाध्यष खतिवडाले यी कार्य सवै निकायको सहयोगमा मात्र सम्भव हुने भएकोले यसमा योजना आयोगले पहल गर्ने जानकारी दिए ।

त्यस्तै भुकम्प पश्चातको पून निर्माणलाई छिटो र सहज रुपमा अगाडी बढाउन निर्देशन दिए । उनले पुन निर्माण प्राधिकरणको काम अघि नबढुन्जेल राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयहरु मार्फत खर्च गर्ने गरी नेपाल सरकारले छुट्याएको बजेट तत्काल कार्यक्रम बनाएर काम गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL