Logo

१९ दिनदेखि बन्द तातोपानी नाका सुचारु, दुई देशीय व्यापार पुनः सुरु

१९ दिनदेखि बन्द तातोपानी नाका सुचारु, दुई देशीय व्यापार पुनः सुरु



काठमाडौं । नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत पुनर्निर्माण सकिएपछि नाका संचालनमा आएको हो । सोही पुल निमार्ण गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । नाका बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको छ ।

तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको बताइएको छ । चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोली आउने छन् ।

बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ । कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL