Logo

एकैदिन तोलाको १५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलाको १५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १५ सयले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रहेको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL