लामो वहश पछि नेकपा एमालेले केही मन्त्रीको नाम टुङ्गो लगाएको छ । एमालेले केही वेर अघि मात्र ४ वटा मन्त्रीको नाम टुङ्गो लगाएको स्रोतले जानकारी दिएको छ ।
एमालेले उपप्रधान मन्त्रीमा भीम रावललाई पठाउने भएको छ । केही समय अघि अर्थमन्त्री छान्न किचलो भएपनि एमालेले विष्णु पौडेललाई नियुक्त गरेको छ । यसैगरी आनन्द पोखरेल र शेरधन राईलाई पनि आजै मन्त्री मण्डलमा पठाइएको एमालेका एक पोलिटव्युरो सदस्यले जानकरी दिए ।