Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९० हजार ४ सयमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ९० हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य केही घटेको छ । आइतबार सामान्य वृद्धि भएको सुनको मूल्य साताको दोस्रो दिन सोमबार भने तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाल सुनको मूल्य तोलाको ९० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो । शुक्रबार नेपाली बजारमा नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० र अघिल्लो साताको शुक्रबार ९माघ २३ गते० १ हजार २ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL