Logo

उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार, को-को भए चयन ?

उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार, को-को भए चयन ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ ।
समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी चयन भएका छन् ।

समितिका आमन्त्रितहरुमा भने, महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव बसन्त नारायण बोछिभोय, नेपाल निर्यात परिषदका अध्यक्ष हरि बहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रा।लिका प्रवन्ध निर्देशक सुशिल नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की छानिएका छन् ।

त्यस्तै समितिका सल्लाहकारहरूमा नेपाल सरकारका पूर्व सहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारि निर्देशक शरद विक्रम राणा, यस टर्मिनल्स प्रालिका प्रवन्ध निर्देशक अशोककुमार टेमानी, एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल, रुर इन्टरस्टेट टर्मिनल्स प्रा।लिका प्रवन्ध निर्देशक आरवि रौनियार चयन भएका छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकैनै महत्वपूर्ण समिति रहेको बताउँदै गठित समितिले मुलुकको वैदेशीक व्यापार, यातायात तथा पारवहान सम्बन्धि क्षेत्रमा उल्लेखनिय काम गर्ने विश्वास व्यक्त गरे ।
भुपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तराष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेका छन् ।

नेपालको अन्तराष्ट्रिय व्यापारलाई अझबढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई आग्रह गर्न चाहन्छु’ अध्यक्ष गोल्छाले भने ।
त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि समितिलाई अन्तराष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढंगले काम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL