Logo

नेपालमा मानवीय संकट आउनसक्नेमा अमेरिकाको चिन्ता, पूर्ननिर्माणमा सहयोग गर्ने

नेपालमा मानवीय संकट आउनसक्नेमा अमेरिकाको चिन्ता, पूर्ननिर्माणमा सहयोग गर्ने


बिजखबर संवाददाता
0
Shares

अमेरिकाले नेपालमा गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो । दूतवासले नेपाल र भारत सीमामा बढ्दो अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालमा इन्धन, औषधी र खाद्य पदार्थको गम्भीर अभाव सृजनाा भएको विज्ञप्तिमा उल्लेख छ । ‘हिउँद सुरु हुन लाग्दा अन्तराष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरुमा राहत तथा आवासको व्यवस्थ गर्न सकिएको छैन,’ विज्ञप्तिमा भनिएको छ ‘ यसले गर्दा मानवीय संकट सृजना हुने चिन्ता छ ।’

साथै अमेरिकाले संकट समाधानका लागि सम्वद्ध पक्षहरुले आफ्नो प्रयास दोब्बर पार्नु पर्नेमा जोड दिएको छ ।
अमेरिकी दूतावासले नेपाल आफ्नो लोकतान्त्रिक मार्गमा अघि बढिरहेको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको समेत बताएको छ

प्रतिक्रिया दिनुहोस्
MBL