Logo

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL