Logo

चन्द्रागिरीमा पर्यो हिउँ, घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेकाले हिउँ खेले

चन्द्रागिरीमा पर्यो हिउँ, घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेकाले हिउँ खेले



काठमाडौं । शनिबार बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले राति पनि केही स्थानमा वर्षा र उच्च पहाडी भू–भागमा हिउँ पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL