Logo

मांशाहारी आन्दोलनको घोषणा गरेका प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्री बादलको उद्घोष

मांशाहारी आन्दोलनको घोषणा गरेका प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्री बादलको उद्घोष



काठमाडौं । मांशाहारी आन्दोलनको उद्घोष गरेका विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई सरकारले चिडियाखानामा लगेर थुन्ने घोषणा गरेको छ ।

गृहमन्त्री रामबहादूर थापा (बादल)ले आज नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षयी बागमती प्रदेश कमिटिले गरेको भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘अहिले पनि प्रचण्डलयातका केही व्यक्तिहरु शाहाकारी आन्दोलनले पुगेन मांशाहारी आन्दोलन गर्नुपर्छ भन्दै धम्कीपूर्ण भाषा बोल्दै हिडेका छन्,’ उनले भने, ‘नेपालको संविधान तथा कानूनले बर्जित गरेको कार्यहरु कसैले गर्छ भने त्यसलाई सरकारले छाड्दैन चिडियाखानामा लगेर थुन्ने छ ।’ अहिलेको युगमा आएर कसैली मांशाहारी आन्दोलनमा जस्ता गैरकानूनी क्रियाकलापको विषय उठान गर्छ भने त्यसलाई सरकारले नछाड्ने समेत उनको भनाई थियो ।

प्रतिगामी र अवसरबादी तत्वहरुले नेतृत्वलाई विस्तापित गर्न जनतामा भ्रम छर्ने क्रियाकलाप फैलाईरहेको समेत उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्