Logo

बीमा क्षेत्रमा देखिएका समस्या समाधानमा खरो रुपमा उत्रन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, उठाए बीमाको विश्वासनीयता माथि प्रश्न

बीमा क्षेत्रमा देखिएका समस्या समाधानमा खरो रुपमा उत्रन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, उठाए बीमाको विश्वासनीयता माथि प्रश्न



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि खरोरुपमा उत्रन बीमा समितिलाई निर्देशन दिएका छन् ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवाललाई आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्दै तत्काल यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए ।

यसैगरी राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए ।

साथै नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL