Logo

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ, पैसा नभएको बैंकको चेक काट्दै सम्पर्कविहीन हुने गर्थे

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ, पैसा नभएको बैंकको चेक काट्दै सम्पर्कविहीन हुने गर्थे



काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी नगरपालिका–६, इमाडोल बस्ने ५५ वर्षीय मणिकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

थापाले घर्–जग्गाको काम गर्ने सिलसिलामा विभिन्न व्यक्तिहरुसँग रकम लिई सोबापत विभिन्न बैंकको चेक काटिदिने र सोपश्चात् बैंकमा पैसा जम्मा नगरी सम्पर्कविहीन हुने गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL