Logo

राष्ट्रिय व्यापार संघद्धारा आमहड्तालको विरोध, भन्यो-कोरोना प्रभावित व्यवसायलाई राजनितीले टाउकैमा हान्यो

राष्ट्रिय व्यापार संघद्धारा आमहड्तालको विरोध, भन्यो-कोरोना प्रभावित व्यवसायलाई राजनितीले टाउकैमा हान्यो



काठमाडौं । राष्ट्रिय व्यापार संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आयोजना गरेको आमहड्तालको विरोध गरेको छ । संघका महासचिव बैकुण्ठ दाहालले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना प्रभावित व्यवसायलाई राजनितीले टाउकैमा हानेको उल्लेख गरेका छन् ।

दाहालले कोरोना माहामारीले थिलथिलो भएर भर्खरै उठ्न लागेको ब्यापार ब्याबसायलाई पुर्नसिर्जित राजनैनिक गतिविधिले फेरि टाउकोमा नै हान्न खोजेको आभाष आम व्यवसायीलाई परेको बताए ।
‘पछिल्लो समयमा देखापरेका राजनैतिक घटनाक्रमले आम व्यवसायीमा बितृष्णा पैदा गराएको र व्यवसायीलाई पलायनतर्फ उन्मुख गराउन खोजेको भान भईरहेको छ । यसतर्फ सचेत भई आम राजनीतिक दलले बन्द हड्ताल धर्ना जुलुसजस्ता ब्यावसायिक बातावरण बिथोलिने कार्यक्रम नगर्न नगराउन राष्ट्रिय ब्यापार संघ राजनीतिक दलहरुमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा छ ।

संघले हाल उत्पन्न भैरहेको बिषम परिस्थितिलाई धर्ना जुलुस र बन्दका माध्यमबाट समाधान खोजिनु भन्दापनि बार्ता र छलफलका माध्यम समाधान गर्नु जरुरी रहेको बताएको छ ।

‘बन्द हड्तालजस्ता कृयाकलापले गरिखाने बर्गलाई प्रत्यक्ष असर पर्ने हुँदा यस्ता अवाञ्छित गतिबिधिबाट टाढै रहन समेत राजनीतिक दलहरूलाई राष्ट्रिय ब्यापार संघ सचेत गर्दछ । साथै गरिखाने बर्ग सधै बन्दको बिरोधी भएको र यस्ता बन्दको कुनैपनि कार्यक्रममा नगर्न नगराउन हुन रजनितिक दलहरुलाई राष्ट्रिय ब्यापार संघ जोडदार माग गर्दछ । साथै सरकारले पछिल्ला राजनैनिक घटनाक्रम हरुमा तत्कालै सम्बोधन गरि समस्याको समाधान तर्फ लागि उचित ब्याबसायिक बातावरण तय गर्न राष्ट्रिय ब्यापार सघ सरकार सघ जोडदार माग गर्दछ’, संघको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL