Logo

आम हडतालको नाममा यातायात अवरुद्ध गरे कारबाही, निर्धक्क सेवा संचालन गर्न सरकारको निर्देशन

आम हडतालको नाममा यातायात अवरुद्ध गरे कारबाही, निर्धक्क सेवा संचालन गर्न सरकारको निर्देशन



काठमाडौं । सरकारले आम हड्ताल गर्ने माथी कारबाही गर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई आज (बुधबार) साँझ मसाल जुलुस र भोली (बिहीबार) देशव्यापी आमहडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भन्दै त्यस्ता खालका कार्य गरी शान्ति सुरक्षामा खलल पुर्याएमा कानून बमोजिम कारबाही गरिने उल्लेख गरेको छ ।

नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पन्तिको तोडफोंड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सवालनमा अवरोध लगायतका ध्वंशात्मक एवं अवाजिछित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्ब्रद्ध पक्षसँग गृह मन्त्रालयले अनुरोध गरेको छ । साथै शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारवाही हुने भन्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै वाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था गहृले जानकारी दिएको छ ।

साथै यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरूलाई निर्धक्क एवं पूर्ववत् रूपमा आ–आफ्नो उद्योगधन्दा, पेशा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL