Logo

योजना आयोगको उपाध्यक्षमा पूर्वगभर्नर खतिवडा, सदस्यको पद खाली

योजना आयोगको उपाध्यक्षमा पूर्वगभर्नर खतिवडा, सदस्यको पद खाली


बिजखबर संवाददाता
0
Shares

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा नियुक्त भएका छन् ।

नयाँ सरकार गठनपछि पहिलो पटक वसेको मन्त्री परिषद्को बैठकले डा. खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।उनी यस अघि पनि एकपटक सो पदमा थिए ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपाध्यक्ष छँदै त्यहाँ छाडेर उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए ।  गभर्नरबाट उनी गत चैतमा अवकास भएका हुन् । सरकारले अर्थमन्त्रीभन्दा पहिला योजना आयोगमा उपाध्यक्ष नियुक्त गरेको छ । आन्तरिक किचलोले गर्दा सरकारले हालसम्म अर्थमन्त्री नियुक्त गर्न सकेको छैन ।

तर, सरकारले रिक्त सदस्य पदमा भने कसैलाई पनि नियुक्ती गरेको छैन । सरकार आजको वैठकले मधेस आन्दोलनका क्रममा हत्या गरिएका तीन जना प्रहरी परिवारलाई १० लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । आन्दोलनका क्रममा हत्या गरिएका कासीराम कामी, देववहादुर पाण्डे, र थुमन विकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय भएको हो

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
MBL