Logo

बस्नेतको नेतृत्वमा महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार, सह-सभापतिमा आचार्य चयन

बस्नेतको नेतृत्वमा महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार, सह-सभापतिमा आचार्य चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् ।

त्यस्तै अन्य समिति सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालिमान बुढा र पुष्पराज कुविर चयन भएका छन् ।

यता, समितिका विशेष आमन्त्रितहरु सदस्यहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीवहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जनुकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैंडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाबहादुर अधिकारी, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुवासकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य ज्ञानबहादुर तामाङ, फुटवेयर म्यानेफ्याक्चर्स एसोसिएन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपालप्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रा।लि।का प्रवन्धक हरि दाहाल चुनिएका छन् ।

त्यसैगरी समितिका सल्लाहकारहरूमा महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, उद्योग समितिका सभापति भरतराज आचार्य, मेला समितिका सभापति नरेन्द्र खड्का, स्थानीय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, स्टार्टअप एण्ड इनोभेशन समितिका सभापति रंजितराज आचार्य, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, फुटवेयर म्यानिफ्याक्चर्स एसोसिएन नेपालका पूर्व अध्यक्ष रामकृष्ण प्रसाई, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यद्वय खुसनारायण सैजु र लोकविक्रम थापा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL