Logo

जलविद्युत विकास कम्पनीको सेयरमा आवेदनकर्ताको भीड,१० अर्व ७५ करोडको आवेदन

जलविद्युत विकास कम्पनीको सेयरमा आवेदनकर्ताको भीड,१० अर्व ७५ करोडको आवेदन


बिजखबर संवाददाता
0
Shares

जलविद्युत विकास तथा लगानी कम्पनीमा १० अर्व ७५ करोड बराबरको सेयर परेको छ । सरकारी स्वामित्वको जलविद्युत विकास तथा लगानी कम्पनीमा मंगलवारसम्म त्यती सेयर परेको हो ।

१ अर्व ९० करोडको आवेदन खुल्ला गरिएकोमा ५ दिनमा सो बराबरको आवेदन परेको नागरिक लगानी कोषका प्रवक्ता सुसील अर्यालले जानकारी दिए ।
साथै आवेदन अझै बढ्ने उनले जानकारी दिए ।

कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्मका आवेदन खुल्ला गरेको थियो । प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १ करोड ८७ लाख कित्ता आवेदन खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL