Logo

भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले विहिबार आम हड्ताल गर्ने भएको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।

विहिबारको आन्दोलनको विषयमा जानकारी गराउन प्रचण्ड-नेपाल पक्षले अहिले २ बजे पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL