Logo

अख्तियारलगायत विभिन्न संवैधानिक निकायका पदाधिकारीले लिए सपथ, यस्तो छ सपथ लिनेको सूची (नामसहित)

अख्तियारलगायत विभिन्न संवैधानिक निकायका पदाधिकारीले लिए सपथ, यस्तो छ सपथ लिनेको सूची (नामसहित)



काठमाडौं । राजनीतिक र कानूनी विवादबीच विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई शपथग्रहण गराइएको छ ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा रष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राजनीतिक र कानूनी विवाद तीब्र बनिरहेको समयमा संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई कार्यालय समय सुरु नहुँदै शपथ खुवाइएको हो । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेका थिए भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भने यसमा असहमति व्यक्त गरेका थिए ।

सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेपछि सबैतिर विरोध भइरहेको छ । विरोधकै बीचमा उनीहरुलाई जबरजस्ती नियुक्ति दिन लागिएको हो ।

संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गर्ने तयारी गरेपछि आइतबार सभामुख सापकोटाले पत्र पठाएर विमति राखेका हुन् ।

विवादमा तानिएको नियुक्ति प्रक्रियाबारे प्रश्न उठाई दर्ता गरिएको निवेदन सर्वोच्च अदालतले डेढ महिनादेखि दर्ता गर्न मानेको छैन ।
यसबीचमा कतिपय सदस्यले नै नियुक्ति अस्वीकार गरिसकेका छन् । त्यसलाई संशोधन गर्न बोलाइएको बैठकमा उपस्थित हुन प्रधानन्यायाधीशले नै अस्वीकार गरिरहेका छन् ।

संवैधानिक परिषद्को अध्यादेशको वैधतामाथि प्रश्न उठाइएको रिट निवेदन सर्वोच्च अदालतमा आफ्नै नेतृत्वको संवैधानिक इजलासमा विचाराधीन छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश जबरालाई परिषद्को बैठकमा जान नैतिक रूपमा संकट छ ।

सपथ लिने पदाधिकारी :

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख आयुक्त : प्रेमकुमार राई
आयुक्तहरु : जय बहादुर चन्द, किशोर सिलवाल

वित्त आयोग
जुद्ध गुरुङ, अमरराज मिश्र

समावेशी आयोग

अध्यक्ष : मनप्रसाद खत्री
सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान

मधेसी आयोग
सदस्यहरू : जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ता

महिला आयोग

अध्यक्ष : कमलाकुमारी पराजुली

सदस्यहरू : कष्णकुमारी पौडेल खतिवडा विद्याकुमारी सिन्हा

मानवअधिकार आयोग

अध्यक्ष : तप बहादुर मगर
सदस्यहरू : मनोज दवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिहि ठाकुर

थारू आयोग

सदस्यहरू : बिकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरी

आदिवासी आयोग

अध्यक्ष : रामबहादुर थापा
सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई

दलित आयोग

अध्यक्ष : देवराज विक
सदस्यहरू : मीना सोब, परशुराम रम्तेल, कज बराइली, मेहेले पार्की

निर्वाचन आयोग

आयुत्तहरू : रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर

मुस्लिम आयोग

सदस्यहरू : महमुद्दिम अली, मिर्जा अर्सद बेग

प्रतिक्रिया दिनुहोस्
MBL