Logo

सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार हुँदैं, मूल्य घट्यो कि बढ्यो ?

सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार हुँदैं, मूल्य घट्यो कि बढ्यो ?



काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर छ । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । सुन मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।

गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्