Logo

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुखको कदमपछि नयाँ कदम चाल्ने संकेत

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुखको कदमपछि नयाँ कदम चाल्ने संकेत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

सो बैठकको पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् । यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।

संवैधानिक परिषदमा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो।ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गराएका हुन् ।

यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन् । सोहीअनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL