Logo

बीमा समितिले पायो नयाँ नेतृत्व, अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त

बीमा समितिले पायो नयाँ नेतृत्व, अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त



काठमाडौं । एक महिनायता रिक्त रहेको बीमा समितिले नयाा नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त गरेसँगै समितिले नयाँ नेतृत्व प्राप्त गरेको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा उनको कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालको लागि बीमा नयाँ क्षेत्र हो ।

सिलवाल २०६९ साल साउन २८ गतेदेखि २०६९ माघ १५ गतेसम्म सुचना तथा सञ्चार मन्त्रालयका सचिव भएका थिए। उनले उद्योग सचिवको पनि जिम्मेवारी पाएका थिए। उनी गृह सचिव पनि भएका थिए। सिलावालले अर्थमन्त्रालयमा लामो समय काम गरेका थिए।

यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL